बाँके साउन ६ गते ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा आज थप ६ जना कोरोना पोजेटिभ देखिएको छ । बाँकेका ३ र दाङका ३ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ का ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ९३ पुगेको छ । हालसम्म ३ सय ६८ जना निको भएर घर फर्किएका छन् । २ जनाको भने मृत्यु भएको छ ।त्यस्तै भेरीमै गरिएको परिक्षणमा दाङका ३ जनामा कोरोना देखिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर २ का २ जना पुरुष र वडा नम्बर ८ का एक जना पुरुषमा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
Discussion about this post