बाँके साउन ६ गते ।
अबैधरुपमा चन्दा असुलि गर्दै आएको आरोपमा बाँकेमा विप्लव नेतृत्वको नेकपाका दुई कार्याकर्ता पक्राउ परेका छन् ।प्रतिवन्धित नेकपा पार्टीको भेरी कर्णाली न्याय प्रमुख एवं सैन्य कमाण्डर चित्रबहादुर बिक र उनका सहयोगी सुरेश राउत चन्दा असुलि गर्दैगर्दा पक्राउ परेका हुन् ।
चन्दा असुली गरिरहेको अवस्थामा राझाँबाट पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी थप अनुसन्धान शुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।
Discussion about this post