काठमाडौं साउन ७ गते ।
कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ । बुधबारबाट नियमित रुपमा जाँच थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी गराएका छन्।
ढकालले सावधानी अपनाउँदै जाँच गर्छौं, मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गर्छौं ।’ अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने उनले बताए । महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे रोकिएको थियो । त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।
उनले लकडाउन खुलेसङ्गै सवारी साधनको चाप बढ्न थालेपछी दुर्घटना बढ्न थाले सङ्ग दुर्घटना नियन्त्रणको लागि मापसे चेक सङ्गै अन्य चेकिङ्ग गर्न थालिएको बताएका छन् ।
Discussion about this post