काठमाडौ साउन ७ गते ।
नेपाल राष्ट्र बैंकले बुधबारबाट एक हजार दरका नयाँ नोटहरु बजारमा ल्याउने भएको छ । पूरानै गर्भनर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेका यी नोटमा अब एक होइन दुई हात्ति हुनेछन् । सौराहाका राम लक्ष्मण नाम गरेका हात्तिहरुको तस्वीर अंकित गरेर नयाँ नोट बजारमा ल्याउन लागिएको हो ।
केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो । नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो । बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’
यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ ।
Discussion about this post