सर्लाही साउन ७ गते ।
सर्लाहीमा सुतिरहेको अवस्थामा खाटबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । सर्लाहीको हरिपुर नगरपालिका—२ घर भई इश्वरपुर नगरपालिका—३ मा बस्दै आएका ४० वर्षीय धनबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
इश्वरपुर नगरपालिका—३ बस्ने सूर्यकुमार श्रेष्ठको घरमा सहयोगीको रुपमा बस्दै आएका श्रेष्ठ सुतिरहेको अवस्थामा खाटबाट लडेर घाइते भएको थिए ।
लालबन्दी मोडल अस्पताल र दरभंगा सिटी स्क्यान सेन्टर जनकपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।
मृतकको शवलाई जिल्ला अस्पताल सर्लाहीमा राखिएको प्रहरी प्रवक्ता कुँवरले बताउनुभयो ।
Discussion about this post