काठमाडौं साउन ७ गते ।
स्याङ्जामा बुधबार बिहान पहिरोले एक घर बगाउँदा आमाको मृत्यु भएको छ, भने छोरी घाइते भएकी छन् ।
घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको मृत्यु भएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उनकी २० वर्षीया छोरी नारायणी सारु भने घाइते भएकी छन् । नारायणीलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात थप उपचारका लागि पोखरास्थित मोडल अस्पताल पठाइएको डीएसपी अधिकारीले बताउनुभयो ।
Discussion about this post