बाँके साउन ७ गते ।
बाँकेमा तीनसहित सात जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा बाँकेको नेपालगञ्ज वडा नं. १८ की २६ वर्षीय एक महिला, राप्तीसोनारी वडा नं. २ का २० वर्षीय पुरुष र वडा नं. ८ की ३६ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बर्दियाको गेरुवा ५ की एक महिला र वडा नं. ४ का एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसैगरी सल्यानका २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको भेरी अस्पतालले जनाएको छ । बाँकेमा संक्रमितको संख्या ३ सय ९६ पुगेको छ ।
Discussion about this post