बाँके साउन ८ गते ।
नेपालगञ्जमा दैनिक ज्याला मजदुरी गर्नेहरुको स्वाब संकलन गरिएको छ । त्रिभुवन चोकबाट दैनिक ज्याला मजदुरी गर्ने १ सय ३० जना मजदुरको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
विहीबार विहान त्रिभुवन चोक पुगेर स्वास्थ्यकर्मीको टोलीले पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको थियो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह समेतको उपस्थितिमा स्वाब संकलन गरिएको हो ।
दैनिक ज्याला मजदुरी गर्ने सर्वसाधारण दिनहुँ विहान त्रिभुवन चोकमा जम्मा हुने गर्दछन् । कामको खोजीमा त्रिभुवन चोक पुग्नु उनीहरुको दैनिकी हो ।
Discussion about this post