बाँके साउन ८ गते ।
बिहीबार थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिपी अस्पतालमा गरिएको परिक्षणमा ४ जना, कोशी अस्पताल विराटनगरमा ४ ,प्रादेशीक जनस्वास्थ्य बिराटनगरमा ५ , गजेन्द्र नारायण अस्प्ताल राजविराजमा ९ ,नारायणी अस्प्ताल बीरजंगमा १७ , टेकु अस्पतालमा २ , शुक्रराज ट्रपिकल अस्पतालमा ३ , भरतपुर अस्पताल चितवनमा १ जना , पाटन अस्पताल ललितपुरमा ३ जना , शिक्षण अस्पताल महाराजगंजमा १ जना , स्टार अस्पताल ललितपुरमा १ जना , पोखरामा ५ जना , रुपन्देशीमा १४ जना , लुम्विनीमा २ जना , सुर्खेतमा ६, दैलेखमा २४, डडेलधुरामा ९ र सेती अस्प्तालमा गरिएको परिक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड अस्पताल गण्डकको आइसोलेसनमा साउन ६ गते मृत्यु भएका वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो ।
त्यस्तै बिहीबार १५६ जना डिष्चार्ज भएका छन् भने हालसम्म १२८४० जना डिष्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
हाल सक्रिय कोरोना संक्रमितको संख्या ५३५८ जना रहेका छन् । क्वारेन्टाइनमा २० हजार ९८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Discussion about this post