बाँके साउन ९ गते ।
नेपालगञ्जका दुई जना पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा नेपालगञ्जको वडा नम्बर ११ का ४० बर्षीय पुरुष र वडा नम्बर १२ का १८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै बर्दियाको बढैयाताल १ का २५ बर्षीय पुरुष र दाङको तुलसीपुर ४ का ४० बर्षीय पुरुषमा कोरोना देखिएको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा २ सय ४० नमुना परिक्षण गर्दा ४ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।
Discussion about this post