बाँके साउन १० गते ।
एम्बुलेन्सको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज–कोहलपुर सडकखण्डअन्तर्गत कोहलपुर नगरपालिका वडा नम्बर ९ कौशल्या मेमोरियल अस्पताल नजिकै शुक्रवार राति भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा जाजरकोटका सागर चनाराको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
सडकमा पैदल हिँडिरहेका बेला एम्बुलेन्सको ठक्करबाट घाइते भएका चनाराको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।ठक्कर दिना साथ फरार भएका चाककलाई प्रक्राउ गरि थप अनुसन्धान गरिएको इलाका प्रहरी कार्यलय कोहलपुरले जानकारी गराएको छ।
Discussion about this post