जावेद अन्सारी
बाँके भदौ १३ गते । बाँके क्षेत्र नम्बर २ का सांसद तथा नेपाल सरकारका सहरी विकास मन्त्री मो. इस्तियाक राई शनिवार विहान गृह नगर नेपालगन्ज आउँदै हुनुहुन्छ । कोहलपुर र नेपालगन्जमा आयोजना गरिने केही कार्यक्रममा सहभागि हुन मन्त्री राई नेपालगन्ज आउन लाग्नु भएको हो । तीजका अवसरमा आयोजना गरिने केही कार्यक्रममा समेत उहाँको सहभागिता रहने समाजवादी पार्टी बाँकेले जनाएको छ ।
मन्त्री राई प्राय हरेक महिना जसो आफ्ना मतदाता र सर्वसाधारण जनतासंग भेटघाट गर्न गृहनगर आउने गर्नु भएको छ । नेपालगन्ज पुगेपछि उहाँ बाँकेका विभिन्न ठाउँमा पुगेर जनताको समस्या सुन्ने र समाधान गर्ने गर्नुृहन्छ भने सहरी विकाास मन्त्रालयबाट भैरहेका विकास निर्माणका कामहरुको निरिक्षण समेत गर्ने गनुृ हुन्छ ।
शनिवार बिहानको उडानबाट मन्त्री राई नेपालगज आउने भएकोले उहाँको स्वागतका लागि सबै नेताकार्यकर्ता लाई बिहान आठ बजे राझा एयर पोर्टमा पुगि दिन सबैलार्ई आग्रह गरिएको समाजवादी पार्टी नेपालगन्ज नगर समितिका अध्यक्ष श्रवण कुमार यादवले बताउनु भयो ।
Discussion about this post