दाङ साउन १२ गते ।
दाङ प्रहरीले अबैध रुपमा निषेधित औषधी (लागु औषध) बिक्रि बितरण गरेको आरोपमा मेडिकल संचालकलाई पक्राउ गरेको छ । दाङको बबई गाउँपालिका ४ हापुरेमा रहेको प्रतिक्षा मेडिकलका संचालक कुसलराम के.सी. लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मेडिकलमा निषेधित औषधी (लागु औषध) बिक्रि बितरण भईरहेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले १११ ट्यावलेट त्चबmबमय िज्थमचयअजयिचष्मभ अबउकगभिक क्ष्ए नामक मनोद्धिप औषधी बरामद गरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
विक्रि वितरणकालागि निषेध गरीएको औषधि फेला परेपछि मेडिकल संचालकलाई थप अनुसन्धानकालागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Discussion about this post