बाँके साउन १२ गते ।
बाँकेमा कोरोनाका थप दुई जना संक्रमित भेटिएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का २४ वर्षीय पुरुष र ४९ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै प्युठानको मल्लरानीका एक जना पुरुष र दाङ तुलसीपुरका पाँच जना पुरुषमा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ६५ जनाको गरिएको परीक्षणमा ८ जना नयाँ संक्रमित फेला परेका हुन् ।
Discussion about this post