बाँके साउन १३ गते ।
कोरोना नियन्त्रणमा आउन थालेको बाँकेमा फेरि पनि संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्ला केही दिन देखि दैनिकरुपमा बाँकेमा कोरोना भाइरसका विरामी थपिनेक्रम बढेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
अहिलेसम्म बाँकेमा संक्रमितको संख्या ४ सय ५ पुगेको छ । तिमध्ये ३७३ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य कार्यालयका अनुसार आइसोलेसनमा अहिले ३२ जना संक्रमित छन् ।
खजुरा गाउँपालिकाका १३, राप्तीसोनारीका ४, नेपालगन्ज उपमहानगरपालिकाका ९, कोहलपुरका ३ र बैजनाथका १ जना आइसोलेसन सेन्टरमा छन् । बाँकेका ८ वटा पालिकामध्ये नरैनापुर जानकी र डुडुवा गाउँपालिकामा भने नयाँ संक्रमित थपिएका छैनन् ।
Discussion about this post