बाँके साउन १५ गते ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै राजश्व कार्यालयका १३ जना कर्मचारी कोरोना भाइरस संक्रमित भएका छन् ।
पाँच दिन अघि संकलित नमूनाको भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा थप ११ जनामा कोरोना भाइरस देखिएको हो । भेरीमा गरिएको राजश्वका ११ सहित ३६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
Discussion about this post