बर्दिया साउन १५ गते ।
बर्दियाको बढैयाताल गाँउपालिकाले कोरोना भाइरस कोभिड(१९ मा भएको खर्च विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले हाल सम्म कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको २ करोड २८ लाख २७ हजार ७ सय १० रुपैयाँ २४ पैसा सार्वजनिक गरेको हो ।
कोभिड(१९ को खर्च विवरण सबैको जानकारीका लागि आफ्नो वेभसाइड मार्फत सार्वजनिक गरेको हो । गाउँपालिकाले खाद्यन्न तथा नगद राहत वितरणमा ५२ लाख २० हजार ९ सय ६४ रुपैयाँ ६१ पैसा, क्वारेन्टाइन व्यवस्थापनमा ५१ लाख ६१ हजार ३ सय ७२ रुपैयाँ, जनचेतनामूलक वडामा प्रचार प्रसारमा १ लाख ८९ हजार ५० रुपैयाँ, स्वयमसेवक परिचालनमा १० लाख २० हजार, स्वास्थ्य सामाग्री खरिदमा १९ लाख ४५ हजार ३ सय ४२ रुपैयाँ रकम खर्च भएको बिबरण सार्वजनिक गरेको छ ।
त्यसैगरी, प्रहरी र स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता २७ लाख ७७ हजार, आइसोलेसन निर्माण तथा बिरामीको खाना खर्च १२ लाख ३८ हजार १ सय ६८ रुपैयाँ ७० पैसा, विविध खर्च (गाडी भाडा, होल्डिङ्ग सेन्टर, अलपत्र यात्रुको व्यवस्थापन लगायत) ६ लाख ७७ हजार ४ सय २३ रुपैयाँ ९३ पैसा र वडाहरुमा क्वारेन्टाइनमा ४५ लाख ९८ हजार ३ सय ८८ रुपैयाँ खर्च सार्वजनिक गरेको हो ।
Discussion about this post