विरगञ्ज साउन १६ गते ।
वीरगञ्जमा रहेको जगदम्बा इन्टरप्राईजेजका सीईओको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
५६ वर्षीय सीईओको कोरोना संक्रमणका कारण विहीबारराति अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गर्नुभएको हो ।उहाँका अनुसार सीईओलाई भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको हो।भारतीय नागरिक रहेका उनी मुटु समबन्धी रोगले समेत ग्रसित थिए।
यो सँगै बीरगञ्जमा मात्रै एकैदिन कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ। नेपालमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
Discussion about this post