बाँके साउन १६ गते ।
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका धेरै कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाई नै आइसोलेसन सेन्टर बनाइएको छ ।
उक्त कार्यालयका ९ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कार्यालयलाई नै आइसोलेसन सेन्टरका रुपमा प्रयोग गरिएको हो ।
एकैपटक धेरै कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयलाई आइसोलेसन सेन्टर बनाएर उनीहरुलाई त्यही राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । त्यहाँ अहिले १२ जनालाई राखिएको छ ।
सुरुमा भेटिएका संक्रमित एकजना अधिकृतलाई भने खजुरा क्यान्सर अस्पतालमा राखिएको छ ।
Discussion about this post