बाँके साउन १६ गते ।
भीडभाड नहुनेगरी पर्व मनाउन बाँके प्रशासनको आग्रह गरेको छ । स्थानीय प्रशासनले बक्रईद र जनैपूर्णिमा भीडभाड नगरेर मनाउन आग्रह गरेको हो । इस्लाम धर्मावलम्बीले शनिवार बक्रईद र हिन्दु धर्मावलम्बीले सोमवार रक्षा बन्धन मनाउँदै छन् ।
जनैपूर्णिमाका दिन निजी सवारी साधन र रक्षाबन्धनसँग सम्बन्धित पसल संचालन गर्न सकिने प्रशासनले जनाएको छ । प्रशासनले बक्रईदको अवसरमा भीडभाड नगर्न, सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गरेको छ ।
शनिवार राति १२ बजेबाट मंगलबार राति १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञाका बेला अत्यावश्यक सेवा संचालनमा ल्याउन पाइने पनि प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
निषेधाज्ञाका अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दुध तथा दुग्धजन्य पदार्थ, फोहोरमैला ब्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा संचालन गर्न पाइने प्रशासनले जनाएको छ ।
त्यसैगरि, एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कुटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबहाक गाडी र सवारी अनुमती (पास) भएका गाडी मात्र संचालनमा आउन पाउने छन् ।
Discussion about this post