बाँके साउन १६ गते ।
पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या अव १९ हजार ७७१ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । लकडाउन खुलेयता मात्र मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
Discussion about this post