बाँके साउन १७ गते ।
बाँकेमा शनिवार थप पाँचजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा खजुरा गाउँपालिका वडा नं.३ का २ जना, ४ का १ र ६ का २ जना छन् ।
योसँगै बाँकेमा उपचार पछि निको भएर घर फर्किनेको संख्या ३८६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । बाँकेमा ४३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
संक्रमित मध्ये २ जनाको भने मृत्यु भइसकेको छ । अहिले आइसोलेसनमा बाँकेका ४९ जना सहित बर्दिया, दैलेख, जुम्ला र प्युठानका गरी ५८ जना छन् ।
Discussion about this post