बाँके साउन १७ गते ।
लागुऔषध कोरेक्ससहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट गएको टोलीले डुडुवा गाउँपालिका वडा नं. ६ चौधरीपुर्वाबाट शुक्रवार राती नौ बजे अर्जुन चौहान, कल्लु चौहान र अजय बर्मालाई ३६ बोतल प्रतिबन्धित औषधी कोरेक्ससहित पक्राउ गरेको हो ।
कोरोना महामारीका कारण नेपाल–भारत सीमानाका शील भएपछि लागुऔषध कारोबारीहरुले चोर नाका प्रयोग गरी नेपाल भित्र्याउन थालेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post