जावेद अन्सारी
बाँके भदौ १४ गते । बाँके क्षेत्र नम्बर २ का सांसद तथा नेपाल सरकारका सहरी विकास मन्त्री मो. इस्तियाक राई आज आफ्नो गृह नगर नेपालगन्ज आइपुगेका छन । कोहलपुर र नेपालगन्जमा आयोजना गरिने केही कार्यक्रममा सहभागि हुन मन्त्री राई नेपालगन्ज आउनु भएको हो ।
तीजका अवसरमा आयोजना गरिने केही कार्यक्रममा समेत उहाँको सहभागिता रहने समाजवादी पार्टी बाँकेले जनाएको छ । मन्त्री राई प्राय हरेक महिना जसो आफ्ना मतदाता र सर्वसाधारण जनतासंग भेटघाट गर्न गृहनगर आउने गर्नु भएको छ । त्यसैगरि सहरी विकास मन्त्री राईको स्वागतमा समाजवादी पार्टीका जिल्ला कमरुद्दिन राई, उपाध्यक्ष राजन राणा मगर र नगर अध्यक्ष श्रवण कुमार यादव उपाध्यक्ष रसिद अहमद कुरैसी, युवा अध्यक्ष गोपाल बहादुर क्षेत्री र प्रदेश सदस्य माजिद अलि शेख, नगर मुस्लिम अध्यक्ष असलम अन्सारी, महिला अध्यक्ष उषा गौतम, रमारानी वैश्य, अम्बिका काफ्ले, लगायत पार्टीका जुझारु नेता कार्याकर्ताहरुको उपस्थिति राझा एयर पोर्टमा रहेको थियोे ।
Discussion about this post