बाँके साउन २० गते ।
नेपालगन्ज कारागारका कैदीबन्दीसँगै कारागार सुरक्षार्थ खटिने प्रहरीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा मंगलवार थप सात जना कैदीबन्दी, ६जना प्रहरीसहित १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
उक्त कारागारबाट तीन दिनअघि कारागारका जेलरसहित, कैदीबन्दी र त्यहाँ खटिएका प्रहरीगरी ३२ जनाको थ्रोट स्वाब लिइएको थियो । त्यसमध्येमा १३ जनामा भाइरस पुष्टि भएको हो । एकजना कैदी भने लहमीका हुन् ।
यसअघि पनि नेपालगन्ज कारागारमा एकजना कैदीबन्दीमा भाइरस देखिएको थियो । यद्यपी उनी निको भएर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा ३०५ जनाको पिसिआर परीक्षण गर्दा १४ जनामा भाइरस देखिएको भेरी अस्पतालले जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post