धरान साउन २१ गते ।
कोरोना भाईरसको संक्रमण फैलिँदै गएपछि धरान उपमहानगरपालिकाले आज राति १२ बजेदेखि ७ दिन लकडाउन गर्ने निर्णय गरेको छ।
आज बसेको कार्यपालिका बैठकले आज मध्यराति १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन गने निर्णय गरेको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए। औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने निर्णय भएको पनि अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।
Discussion about this post