स्याङ्जा साउन २१ गते ।
कोरोना सङक्रमित भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज कँडेलले पहिलो रिपोर्ट आएको आठ दिनमै कोरोनामाथि विजय हासिल गरेका छन् । साउन ६ गते तीन जना सुरक्षाकर्मीमा कोरोना देखिएपछि ७ गते पीसीआर परीक्षणका लागि उनको स्वाब लिइएको थियो ।
साउन १२ गते कोरोना देखिएपछि क्वार्टरभित्रै आइसोलेसनमा बसेका कडेलको सङक्रमण देखिएको नवौँ दिनमा पीसीआर टेष्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्यका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । आफूसँगै ४० जना सुरक्षाकर्मीमा कोरोना देखिएकोमा साउन ६ गते कोरोना पुष्टि भएका दुईसहित एसपी कँडेल नतिजा नेगेटिभ देखिएको हो ।
अन्य सङक्रमितमा लामो समयसम्म कोरोना पोजिटिभ देखिरहँदा आफ्नो सर्तकताले चाँडै निको भएको बताए। आइसोलेसन बसेको समयामा गुर्जो रातभर भिजाएर दुई गिलास पानीलाई तताएर एक गिलास बनाएर हरेक दिन खाएको बताउँदै एसपी कँडेलले अस्वगन्धा, तुसली, बोझो खाएको र दिनको डेढ घण्टा शारीरिक व्यायाम गरेको बताए।
माछा मासु नखाएको बताउँदै एसपी कँडेलले बेसार, कागती, अदुवा आफ्नो स्वास्थ्यको सहयोगी बनेको बताए । उनले पोजिटिभ देखिएको नवौँ दिनमा नेगेटिभ आए पनि समग्रमा पहिलो स्वाब लिएको चौध दिनमा दोस्रो पटक परीक्षण गरिएको बताए।
कोरोना सङक्रमणको बेला सेट र मोबाइल फोनबाट ड्युटी गरेको बताउँदै एसपी कँडेलले अब भौतिक रुपमै काम फर्कने बताए । मास्क लगाउने र स्यानिटाइजर प्रयोग गर्ने बताउँदै उनले सामाजिक दूरी कायम गरेर भेटघाट र कामलाई कमी हुन नदिने बताए ।
Discussion about this post