बाँके साउन २१ गते ।
लोपोन्मुख, सीमान्तकृतहरुले पाउदै आएको सामाजिक सुरक्षा भत्ता सरकारले कटौती गरेकोमा आपती जनाइएको छ । जन्मीने बीत्तिकै पाउँदै आएको सुरक्षा भत्ता सरकारले ०७५ असोज ९ गतदेखि नदिने निर्णय गरेपनि सम्वद्धहरुको पक्षबाट आवाज उठाउने कोही नभएपछि यो सवाल ढीलो गरि मात्र सतहमा आएको हो ।
वर्षौदेखी खाईपाइ आएको सुरक्षा भत्ता दलीत र अन्य सरह बनाइएकोमा सम्वद्ध अधिकारकर्मी र अगुवाहरुले गुनासो गर्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् । ०५२ सालबाट ५ सयदेखि सुरु भएको सुरक्षा भत्ता राउने, कुशबंधीया लगायतले हाल तीन हजार पाउदै आएका थिए ।
कुशवंधीया, राउटे, कुसुण्डा लगायतका बालबालिकाका लागि प्राप्त हुँदै आएको भत्ता समेत कटौती गरेर सरकारले अन्य सरह ४ सय मात्र दिने गरिरहेको छ । राउटे, लोपोन्मुख, सीमान्तकृत, वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खडकाले एक विज्ञप्ती जारी गर्दै सीमान्तकृतले पाउँदै आएको भत्ता कटौती गर्ने निर्णयले सिंगो समुदाय मर्कामा परेको भन्दै सच्याउन अपील गर्नु भएको छ । उहाँले गृहमन्त्रीलाई हालै औपचारिक ध्यानाकर्षर्ण पत्रमार्फत न्यायको समेत माग गर्नु भएको छ ।
Discussion about this post