खोजखबर संवाददाता
काठमाडौं असार ९ गते । देशैभरी बाट ३५ वर्ष मुनिका युवा बैज्ञानिकहरूको
दुई दिने “ तेस्रो नेपाल युवा वैज्ञानिक शिखर सम्मेलन” आज सफ़लता पूर्वक सम्पन्न भएको छ ।
ब्रेनी क्यूब रिसर्च ओरगाइनिजेशनको आयोजना रहेको शिखर सम्मेलनमा युवा बैज्ञानिकहरुले जीवशास्त्र, इंजीनियरिंग, भौतिक शास्त्र सँग सम्बन्धित विभिन्न किसिमको नया नया अविष्कार गरेको प्रोजेक्टहरू बैज्ञानिकहरूद्वारा
प्रस्तुतिकरण भएको थियो ।
कन्फिडेन्स नेपाल र प्रभु पे को संयुक्त सहयोग प्राप्त गरि काठमांडोको कुपण्डोल स्थित पाटन कलेज फार प्रोफेशनल स्टडीजको सेमिनार सभाहालमा सञ्चालन भएको थियो ।
नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयका आईटी विभागका निर्देशक डाक्टर बिरेन्द्र कुमार मिश्राको प्रमुख आतिथ्यतामा असार ७ र ८ गते गरि दुई दिने सम्मेलन अत्यन्त सफलता पूर्वक सम्पन्न भएको कार्यक्रम संयोजक इंजीनियर आकाश देवले ठहर गरे।
कार्यक्रममा अमेरिका, मलेशिया, भारत गरि ४५ जना वैज्ञानिकहरूको सहभागिता थियो ।
बैज्ञानिकहरुले प्रतिपादन गरेका शोधपत्रहरूमा उच्च माध्यमिक स्तर तर्फ प्रथम, द्वित्तीय र तृतीय पुरुस्कार क्रमशः
सफल श्रेष्ठ ,ऋषि गुप्ता र नीरज अधिकारी प्राप्त गरेका छन भने विश्वविद्यालय स्तरमा मोइज खान र सुशान्त सापकोटा गोल्ड मेडलिस्ट भएका हुन।
Discussion about this post