बाँके साउन २२ गते ।
बाँकेमा निषेधाज्ञा तोड्ने २५ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा तोडेर पसल खोल्ने र मास्क नलगाएर हिड्नेलाई नगरका विभिन्न ठाउँबाट पक्राउ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ र बाँकेका प्रहरी प्रमुख एसपी ओम राना निषेधाज्ञा कार्यान्वयन गराउन आफै सकडमा खटिएका छन् । उनीहरुले नै निषेधाज्ञा तोड्नेलाई पक्राउ गरेका हुन् । पक्राउ परेका सबैलाई महेन्द्र बहुमुखि क्याम्पसको क्वारेन्टिनमा लगिएको छ ।
बाँकेमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि शनिवार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
Discussion about this post