बाँके साउन २३ गते ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षण बाँकेका ४९ सहित ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ नमुना परीक्षण गर्दा बाँकेका ४९, बर्दिया र रुकुममा १–१ जनागरी ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालले शुक्रबार कोरोना संक्रमितको संख्या सार्वजनिक गरेपनि अन्य विवरण भने खुलाएको छैन् । यसअघि संक्रमितको ठेगाना, उमेर, कार्यरत संस्था र पदसमेत खुलाउँदै आएको थियो ।
Discussion about this post