बाँके साउन २४ गते ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका २० जना भने दुई जना बर्दियाका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका १६ जना र कोहलपुरका चारजनामा भाइरस संक्रमण पुष्टि भएको छब । कोहलपुर नगरपालिका ११ का तीनजना र वडा नं.५ का एकजना रहेका छन् ।
पछिल्लो २४ घण्टामा तीनसय नमुना परीक्षण गर्दा २२ जनामा भाइरस पुष्टि भएको हो ।
Discussion about this post