बाँके साउन २४ गते ।
प्रदेश पाँचका सांसद कृष्णा केसी नमुनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना भाइरस संक्रमण भएको उहाँले आफ्नो फेसबुक मार्फत पुष्टि गर्नुभएको हो । फेसबुकमा लेख्नुभएको छ–‘विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट म पनि अछुतो रहेन् ।
पोजेटिभ रिपोर्ट आएकाले एक हप्ता यता मेरो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सेल्फ आइसोलेसनमा आइसोलेट भइ पीसीआर परीक्षण गर्न अनुरोध गर्दछु ।’
आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । बाँके क्षेत्र नं. १ क बाट निर्वाचित सांसद नमुना कोडिभ १९ रोकथाम तथा नियन्त्रणमा बाँकेमा फ्रन्टलाइनमा खटिएर काम गर्दै आउनुभएको थियो ।
Discussion about this post