बाँके साउन २५ गते ।
गएरातीदेखि नेपालगन्जको मुख्य क्षेत्र सिल गरिएको छ । जस्का कारण नेपालगन्ज आज सुनसान देखिएको छ । नेपालगन्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेपछि नेपालगन्जमा चार किल्ला तोकिएर सिल गरिएको हो ।
नेपालगन्जको सुर्खेतरोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म र नहरपुर्वा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।
सिल गरेको क्षेत्रमा हिडडुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरिएको छ । सिल गरिएको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पचिालन गरिएको छ ।
Discussion about this post