बाँके साउन २५ गते ।
बाँकेमा कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका २ की ७० बर्षिया महिलाको कोरोना भाइरसबाट मृत्यु भएको बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतवार तीन बजेतिर मृत्यु भएको हो । उनी शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।यसअघि बैजनाथकी महिला र नरैनापुरका पुरुषले कोरानाबाट ज्यान गुमाएका थिए ।
Discussion about this post