बाँके साउन २५ गते ।
नेपालगन्ज वडा प्रहरी कार्यालयका इन्र्चाजलाई कोरो भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेमा आईतबार कोरोना पुष्टि भएका ४८ जनामध्ये ३० जना प्रहरी भएको खुलेको हो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्का अनुसार वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज सहित ३० जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बाँकेका ६ जना प्रहरीलाई संक्रमण देखिएको थियो । आईतबार थपिएका संक्रमितहरुसँगै बाँकेमा कोरोना भाईरसबाट संक्रमित हुने प्रहरीको संख्या ३६ पुगेको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आइतबार मात्रै बाँकेका ३० प्रहरी सहित ४८ र दाङका ३ गरी ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । आइतवार थप भएका संक्रमितसहित बाँकेमा कूल संक्रमितको संख्या ६ सय १७ पुगेको छ ।
Discussion about this post