बाँके साउन २५ गते ।
कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको अन्तिम संस्कार गरीएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारार्थ भर्ना भएकी कोहलपुर नगरपालिका वडा नं. २ की ७० वर्षीया महिलाको आइतवार दिउँसो ३ बजे मृत्यु भएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नेपालगञ्ज मेडिकल कलेज कोहलपुर उपचारको क्रममा मृत्यु भएकी महिलाको आवश्यक सजगता अपनाएर नेपाली सेनाको भैरवप्रसाद गणको टोलीले सम्मानका साथ अन्तिम संस्कार गरिएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
मृतक महिला न्यूमोनियाबाट ग्रस्त गत २३ गते उपचारको लागि भर्र्ना भएको र साही दिन स्वाब संकलन गरी जाँचको लागि पठाईएकोमा कोरोना पुष्टी भएको थियो । उनको मृत्यु पछिमात्रै कोरोना संक्रमित भएको पुष्टि भएको थियोे । योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
Discussion about this post