बाँके साउन २६ गते ।
बाँकेमा सोमवार थप तीन जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । आइसोलेसनबाट डिस्चार्ज हुनेमा बाँके राप्तीसोनारी गाउँपालिका ८ का दुई जना र एकजना प्युठान मल्लरानी ३ का हुन् ।
योसँगै बाँकेमा चार सय पाँचजना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकेमा कुल संक्रमितको संख्या ६ सय १७ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट बाँकेमा तीनजनाले ज्यान गुमाइसकेका छन् ।
Discussion about this post