एजेन्सी
काठमाडौं साउन २६ गते ।
बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । बेलायतमा गत २४ घण्टामा १ हजार ६२ नयाँ संक्रमित फेला परेका एजेन्सीले जनाएको छ ।
जुन महिनापछि एकै दिनमा यति धेरै कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो । अघिल्लो दिन ७ सय ५८ जना नयाँ संक्रमित फेला परेका थिए ।
पछिल्लो तथ्यांकले बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको भनेर चिन्ता व्यक्त गरिएको छ । संक्रमण फैलिनबाट रोक्न बेलायत सरकारले केही स्थानमा लकडाउन गरेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा हालसम्म ३ लाख १२ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।
Discussion about this post