बाँके साउन २६ गते ।
भारतमा कोरोना संक्रमण फैलिनेक्रम तीब्र भएको थियो । त्यहाँका नेपालीहरु संक्रमणको डरले धमाधम घर फर्किरहेका थिए । सई माधव रिजाल जमुनाह प्रहरीको इन्चार्ज थिए । उनी अहोरात्र खटिए कोरोना रोकथाम तथा नियन्त्रणमा र भारतबाट फर्किने नेपालीहरुको व्यवस्थापनमा ।
किनकी जमुनाह नाकाबाट भारतबाट फर्किने नेपालीहरुको चेकजाँचदेखि, क्वारेन्टिनसम्म पुर्याउन उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । त्यसपछि उनी त्यहाँबाट सरुवा भएर नेपालगन्ज वडा प्रहरी कार्यालयमा आए । वडा कार्यालयमा हाजिर भएको डेढ महिना नपुग्दै अहिले उनी कोरोना संक्रमित भएका छन् ।
जमुनाह नाकामा हुँदा केही भएन तर यहाँ कसरी भयो उनी आफै चकित परेका छन् । जमुनाह नाकामा भारतबाट आउने र जानेको लर्को हुन्थ्यो । त्यहाँ उनी फ्रन्टलाइनमै खटिएर काम गरेका थिए । तर कोरोना संक्रमण भएन । त्यहाँभन्दा यहाँ (वडा कार्यालय)मा जोखिम नै थिएन ।
म आफै आश्चर्य चकित भएको छु उनले भने । उनीसँगै वडा प्रहरी कार्यालयका इन्चार्ज हरि बस्नेतपनि संक्रमित भएका छन् । अहिले वडाका ३८ जना प्रहरी संक्रमित छन । उनीहरु वडा कार्यालयलाई नै आइसोलेसन बनाएर त्यही बसेका छन् ।
Discussion about this post