बाँके साउन ३० गते ।
नेपालगन्जकाे वडा न-४ गणेशपुरमा शुक्रबार फेरि शंकास्पद बस्तु फेला परेकाे छ । घट्नास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज खत्रीका अनुसार भेटिएको बस्तु घरकाे पर्खालमा राखिएको छ ।
दिउँसाे नै देखिएकाे साे बस्तुबारे प्रहरीलाई जानकारी अाएपछि प्रहरी तयहाँ पगेकाे प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयाे । नेपाली सेनाको टोली पुग्दै छ । स्थानीयका अनुसार कर्णालीका सामाजिक बिकास मन्त्री दल रावलकाे घरमा उक्त बस्तु भेटिएको हाे ।
यसअघि बिहीबार साँझ नेपालगन्जकाे त्रिवेणी माेडमा ताल्चा लागेकाे शुटकेश भेटिएपछि स्थानीयमा त्रास उत्पन्न भएकाे थियाे । भेटिएको शुटकेश खाेलेर हेर्दा कपडा मात्रै पाईएकाे थियाे ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post