बाँके साउन ३१ गते ।
विचारै त हो। विचार नै त हो जसले मानवजातीलाई विभिन्न जात जाति समुदाय राष्ट्रमा विभाजन गरेको छ। फरक विचार पनि प्रकृतिको नियम भित्र पर्दछ। शारिरीक बनावट मिल्दोजुल्दो हुँदाहुँदै पनि मनो अवस्था फरक फरक हुन्छ। यो फरक अवस्था पनि प्रकृति चलायमान रहन अत्यन्त आवश्यक तत्व हो।
फरक विचारले आपसमा संघर्षको सिर्जना गर्दछ। प्रकृति नियम ‘संघर्ष’ बिना यो मानव जिवनको कल्पना गर्न सकिन्न। मानवको संघर्ष जन्मिनु भन्दा पहिलै शुरू भई श्वास फेर्नु देखि लिएर आर्थिक सामाजिक, सांस्कृतिक, राजनैतिक, स्वास्थ्य आदी इत्यादी कुरालाई समेटी मृत्यु सम्म रहने रहने गरी देखिन्छ। कहिले काही संघर्ष मृत्यु पश्चात अन्तिम संस्कार सम्म समेत देखिन्छ। संघर्ष त मृत्यु पश्चात पनि विद्यमान हुन्छ भन्ने कुरा विभिन्न विद्वानहरूको विचारमा देखिन्छ तर विचार र संघर्ष बारेमा जीवन कालको भुमरीमा नै रही अहिले मेरो कुरा अगाडी बढाउन चाहन्छु।
विचारले उत्पन्न गराएको संघर्षलाई बयान गर्दा सो विचारको सहि उत्पत्ति श्रोतलाई इङ्गित मात्र गर्नु पर्छ। आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, विचारको उत्पत्तिको श्रोत र यसले उत्पन्न गरेको व्यक्तिगत जीवनमा संघर्षलाई धार्मिक विचार संग जोडी बयान गर्नु अत्यन्त गैर जिम्मेवार र अज्ञानताको परिचय दिनु हो। कुनै खास विचारले कसैको जीवनमा संघर्षको उत्पत्ति गर्छ भने आम जनमानसमा त्यो संघर्ष बयान गर्दा सही श्रोत जोडिएन भने अज्ञानता वस जोडिएको उत्पतिको श्रोत बदनाम हुन जान्छ।
फरक मानव विचारले जन्माएको आपसको सकारात्मक संघर्ष अहिले यही अज्ञानताले नकारात्मक संघर्षमा परिणत गरेको छ। मानिसले आफ्नो जीवनको संघर्षलाई बयान गर्ने कानुनी हक विद्यमान छ तर कारक तत्व उत्पत्तिको श्रोतमा जानो नजानी सामाजिक धार्मिक द्वन्द्व सिर्जना गरेकोमा टेवा पुर्याएको छ।
उदाहरणको रूपमा कुनै समाजमा छोरीलाई शिक्षाबाट वंचित गरिन्छ र छोरी घर भान्सा सम्हाल्नलाई मात्र बनेका हुन भने सो विचार आसपासको सामुदायिक सामाजिक विचार हुन सक्छ ना की त्यो समाजले अनुसरण गर्ने गरेको धर्मको विचार।
सामाजिक संस्कृति कु-प्रथा र विचार आदीलाई खास धार्मिक विचारको रूपमा प्रस्तुत गर्नु र सो कु-प्रथा र विचारलाई धर्म संग जोडि यो कथित धार्मिक विचारले संघर्षको उत्पत्ति गरेको छ भनि जिकिर लिन्दा यसले खास धर्मको सैद्धान्तिक र वैचारिक अवस्थामा प्रश्न चिन्ह खडा भएको देखिन्छ।
विगतको वैचारिक अज्ञानता र व्यक्तिगत संघर्षलाई बयान गर्दा विचारको कपोलकल्पित श्रोतलाई आरोप लगाउनु भनेको आफ्नो अज्ञानालाई प्रदर्शित गर्नु हो। कुनै समाजमा चलन चल्तीको कार्य सो समुदायको व्यक्तिहरूको विकासमा बाधक देखिने र अवरोध उत्पन्न गराउने यसले उत्पन्न गराएको संघर्ष समाजमा विद्यमान छ भने सो संघर्षको कारक खास साथै उत्पत्तिको श्रोतको अध्ययन विश्लेषण गरी मात्र प्रस्तुत गर्नु पर्छ।
धन्यवाद
अधिवक्ता जमालुद्दीन अन्सारी
नेपालगन्ज
Discussion about this post