वीरगञ्ज भदौ १ गते ।
वीरगञ्जमा मृत्यु भएका रौतहटका युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालमा उपचारको क्रममा गत शनिबार राति अस्पतालमा मृत्यु भएका ३२ वर्षका ती युवामा आइतबार अपरान्हः कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।
दमको समस्या भए पछि उपचारको लागि रौतहटबाट नारायणी अस्पतालमा शनिबार ल्याइएका ती युवाको राति मृत्यु भएको थियो।
Discussion about this post