काठमाडौं भदौ १ गते ।
नेपालमा सोमबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार आज रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको छ।
आइतबार २ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो। जसमा पर्साका एक पुरुष र मोरङकी एक महिला थिए।
यसअघि शनिबार कपिलवस्तु, पर्सा र धनुषामा एक/एक जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो।
Discussion about this post