बाँके भदौ २ गते ।
कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा आज थप एकको मृत्यु भएको हो । यो संगै कोरोना संक्रमणका कारण बाँकेमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
नेपालगन्ज ५ का ६२ बर्षिय पुरुषको काेराेनाबाट मेडिकल कलेजकाे नेपालगन्ज शिक्षण अस्पतालमा मृत्यु भएको हो।
बाँकेमा कोरोना संक्रमण समुदायमा फैलिए पछि कोरोना संक्रमितको संख्या र मृत्युको आकडामा वृद्धि आएको छ ।
Discussion about this post