काभ्रे भदौ २ गते ।
काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । धुलिखेल–७ का ९८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो । उनी अस्पतालको कोरोना वार्डको आइसियूमा उपचाररत् थिए। उनको स्वासप्रश्वास, छाती तथा घाँटीमा समस्या थियो।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मधुमेह र दमका रोगी रहेको अस्पतालले जनाएको छ ।
उनको कार्यविधिअनुसार नै शव व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी रहेको छ ।
Discussion about this post