काठमाडौँ भदौ २ गते।
अभिनेत्री रेखा थापाले देश छोरीहरुका लागि स्वर्णिम हुन नसकेको बताएकी छन् । दुई वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले अहिलेसम्म न्याय पाउन नसकेको प्रतिसमेत उनले चिन्ता व्यक्त गरेकी हुन् ।
‘निर्मलाले न्याय नपाउनु भनेको लाखौँ छोरीहरुको मनमा भयको राज चलाउनु हो,’ उनले फेसबुकमा अगाडि लेखेकी छन् ‘लाखौँ किशोरीका आमाबुबामाथि एउटा डर लाद्नु हो ।’
देश छोरीको निम्ति स्वर्णिम हुन नसकेकोमा चिन्तासमेत व्यक्त गरेकी रेखाले ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने एक तस्विरसमेत शेयर गरेकी छन् । जुन धेरैले लाइक र केहीले शेयरसमेत गरेका छन् ।
रेखामात्र होइन निर्मलाको न्यायका लागि केही आयुष्मान देशराज जोशी, वर्षा सिवाकोटी, केकी अधिकारी, दीपाश्री निरौला, वर्षा राउत, बेनिशा हमाल, प्रियङ्का कार्की लगायत कलाकारले समेत अहिले आवाज उठाएका छन् । उनीहरुले सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मल पन्त’ पोष्ट गर्दै उनको न्यायको माग गरेका हुन् ।

Discussion about this post