बाँके भदौ २ गते ।
बाँकेमा मंगलवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा नेपालगन्ज उपमहानगरपालिकाका १० जना र एकजना खजुराका व्यक्तिमा भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा पाँच सय ५० नमुनाको परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
तिमध्ये दुईजना बर्दिया गुलरिया नगरपालिकाका हुन भने अर्का सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका हुन् । बाँकेमा मंगलवार थप भएका ११ संक्रमितसहित कुल संक्रमितको संख्या सात सय ४५ पुगेको छ ।
Discussion about this post