बाँके भदौ ६ गते ।
नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित गर्भवतीको शल्यक्रियामार्फत बच्चा निकालिएको छ । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ बर्षिया संक्रमित गर्भवतीको आज शनिवार विहान ९ः १० बजे शल्यक्रियामार्फत बच्चा ९छोरी० निकालिएको अस्पतालका सहायक निर्देशक डा।दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती संक्रमित गएराती साढे तीन बजे अस्पताल भर्ना भइकी थिइन् । प्रसूती व्याथाले च्यापे पछि उनी बुटवल लुम्विनी प्रादेशीक अस्पतालमा भर्ना भएकी थिइन् । श्रीमानलाई संक्रमण भएको थाहा पाएपछि अस्पतालले ती गर्भवतीको पनि नमुना लिएको थियो । तर रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले तत्काल त्यहाँबाट कोभिड लेभल ३ को रुपमा रहेको शिक्षण अस्पताल कोहलपुर रेफर गरेको थियो ।
एम्वुलेन्सले ल्याउन नमानेपछि उनलाई नीजि गाडीमा ६ घण्टा लगाएर कोहलपुर पुर्याइएको हो । डा। श्रेष्ठका अनुसार, ती गर्भवतीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । अहिले बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य छ । बच्चाको तौल २ किलो ६ सय ग्राम रहेको उहाँले बताउनुभयो ।
Discussion about this post