बाँके भदौ ८ गते ।
बाँकेका थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल र वागेश्वरी डायग्नोस्टिकमा सोमवार गरिएको परीक्षणमा ६ जनालाई संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका फोेकल पर्सन नरेश श्रेष्ठका अनुसार कोहलपुरका २ र नेपालगञ्जका २ तथा वागेश्वरी डायग्नोस्टिक ल्याबको परीक्षणमा नेपालगञ्जका २ जनामा संक्रमण देखिएको हो । योसंगै बाँकेका ८ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
Discussion about this post